आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत « Khabarhub

आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध बताएका हुन् ।

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसँगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे उनले मुलुकभित्र प्राकृतिक प्रकोपलगायत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको पनि बताए ।

अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्ण रुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पारे । उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकताम राखिएको उल्लेख गरे ।

उनले लक्ष्यअनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केही मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ४ : ३६ बजे

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी