राप्रपाद्वारा नयाँ कार्ययोजना सार्वजनिक, आइन्दा पार्टीमा काम नगरी नेता हुन नपाइने « Khabarhub

राप्रपाद्वारा नयाँ कार्ययोजना सार्वजनिक, आइन्दा पार्टीमा काम नगरी नेता हुन नपाइने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना सार्वजनिक गरेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ‘राप्रपा : अब नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो ।

अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ भने तोकिएका भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए । त्यस्तै उनले पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने व्यवस्था गरेको जानकारी दिए ।

राप्रपाले ६ महिनाभित्रमा १ सय ६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजिविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदबाब श्रृजनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ५ : २३ बजे

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी