भारतसँगको सम्बन्ध अझ मजबुत हुनेमा जापानका पूर्वप्रधानमन्त्री विश्वस्त | Khabarhub Khabarhub

भारतसँगको सम्बन्ध अझ मजबुत हुनेमा जापानका पूर्वप्रधानमन्त्री विश्वस्त


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जापानका पूर्वप्रधानमन्त्री योशिहिदे सुगाले भविष्यमा भारतसँगको आर्थिक सम्बन्ध अझ मजबुत हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जापान–भारत संघको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सुगाले भारत भ्रमणका क्रममा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ सशक्त हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा उनले दुई मुलुकबीचको सम्बन्धका विविध विषयमा चर्चा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुगाले भारतको आर्थिक वृद्धिबाट आफूहरु प्रभावित भएको भन्दै भारतीय लगानीकर्तालाई जापानका निजी कम्पनीहरुसँग सहकार्य गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ०४ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका