म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ « Khabarhub

 म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको गान्सु प्रान्त घर भइ हाल काठमाडौं महानगरपालिका १५ विजेश्वरी बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जू रहेको प्रहरीले जनाएको छ ।

दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाइ अवैध अनलाइन स्क्यामिङमा लगाएर शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो ।

उनले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याइ बन्धक बनाएको, अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाएको, श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको बताइएको छ । बन्धक अवस्थाका पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ ।

उनी सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनी नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाएको पाइएको छ ।

उनले पीडितलाई अनलाइन स्क्यामिङमार्फत फेक आइडी बनाएर क्रिप्टोकरेन्सी, बिट्कोइनलगायतमा लगानी गर्न लगाइ ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्याण्ड भनी म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : १८ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न