म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

 म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याइ बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको गान्सु प्रान्त घर भइ हाल काठमाडौं महानगरपालिका १५ विजेश्वरी बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जू रहेको प्रहरीले जनाएको छ ।

दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाइ अवैध अनलाइन स्क्यामिङमा लगाएर शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो ।

उनले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्‍याइ बन्धक बनाएको, अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाएको, श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको बताइएको छ । बन्धक अवस्थाका पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ ।

उनी सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्याण्ड लैजाने भनी नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाएको पाइएको छ ।

उनले पीडितलाई अनलाइन स्क्यामिङमार्फत फेक आइडी बनाएर क्रिप्टोकरेन्सी, बिट्कोइनलगायतमा लगानी गर्न लगाइ ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्याण्ड भनी म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : १८ बजे

राउटे समुदायलाई दशैँ खर्च उपलब्ध 

तुलसीपुर– लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

अर्घाखाँची– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह

इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु

काठमाडौं– काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको

भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुर– एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले एक जनालाई पक्राउ