विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

आज असार २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतसँगको सम्बन्ध अझ मजबुत हुनेमा जापानका पूर्वप्रधानमन्त्री विश्वस्त

जापानका पूर्वप्रधानमन्त्री योशिहिदे सुगाले भविष्यमा भारतसँगको आर्थिक सम्बन्ध अझ मजबुत हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जापान–भारत संघको अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सुगाले भारत भ्रमणका क्रममा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ सशक्त हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा उनले दुई मुलुकबीचको सम्बन्धका विविध विषयमा चर्चा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुगाले भारतको आर्थिक वृद्धिबाट आफूहरु प्रभावित भएको भन्दै भारतीय लगानीकर्तालाई जापानका निजी कम्पनीहरुसँग सहकार्य गर्न समेत आग्रह गरे ।

मेक्सिकोमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए !

मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई खाए, यसपछि खोपडीलाई एस्ट्रे बनाएर प्रयोग गरे ।

अल्भारोले २९ जुनमा आफ्नी श्रीमतीको हत्या गरेका थिए । सान्ता मुर्टे (आवर लेडी अफ होली डेथ) र शैतानले उनलाई आफ्नी श्रीमतीलाई मार्ने आदेश दिएको आरोपितले पुलिसलाई बताएका छन् ।

द मिररको रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् ।

श्रीमतीको हत्या गर्ने अल्भारो पेसाले निर्माण व्यवसायी हुन् । उनले गत वर्ष मारिया मोन्टसेराटसँग विवाह गरेका थिए । मारिया पहिले नै विवाहित थिइन् । उनका पाँच छोरी छन् । जेठी छोरी २३ वर्ष र कान्छी १२ वर्षकी छिन् ।

आरोपितले आफ्नी श्रीमतीको मस्तिष्कको भाग खाएको र उनको खप्परलाई एस्ट्रेको रूपमा प्रयोग गरेको स्वीकार गरेका छन्। उनका अनुसार हत्या पछि पीडितको शव टुक्राटुक्रा पारेर प्लाष्टिकको झोलामा हालेका थिए ।

हत्या भएको दुई दिनपछि अभियुक्तले आफ्नी सौतेनी छोरीलाई आफ्नो अपराध स्वीकार्दै बोलाएका थिए । उनले सौतेनी छोरी मारिया एलिसिया मोन्टील ​​सेरानलाई भनेका थिए, ‘मैले तिम्री आमाको हत्या गरी झोलामा राखेको छु, आएर लैजाऊ ।’

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ ।

आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको हो।

आईएमएफका एक अधिकारीका अनुसार कार्यकारी बोर्डले पाकिस्तानलाई सहयोग गर्न एसडीआर २,२५० मिलियन (३ अर्ब अमेरिकी डलर) को लागि नौ महिनाको स्ट्यान्ड–बाय व्यवस्थालाई अनुमोदन गरेको छ।

पाकिस्तानलाई आर्थिक संकटबाट बाहिर निकाल्न बेलआउट कार्यक्रम स्वीकृत गरिएको आईएमएफले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आईएमएफको स्वीकृतिले तत्कालै १.२ बिलियन अमेरिकी डलर निकासा गर्न अनुमति दिएको छ ।

बाँकी रकम दुई त्रैमासिक समीक्षापछि चरणबद्ध रूपमा वितरण गरिनेछ। आईएमएफको शर्त पूरा गर्न पाकिस्तानले साउदी अरेबियाबाट २ अर्ब अमेरिकी डलर र युएईबाट १ अर्ब अमेरिकी डलर मागेको थियो ।

प्रधानमन्त्री शहबाज शरीफले बेलआउट कार्यक्रम अर्थतन्त्रलाई स्थिर बनाउन सरकारको प्रयासको परिणाम रहेको बताए । उनले भने, ‘आईएमएफको सहयोगमा तत्काल र मध्यकालीन आर्थिक चुनौतीहरू पार गर्न सकिन्छ। यसले पाकिस्तानको आर्थिक अवस्था मजबुत हुनेछ ।

पाकिस्तानमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

पाकिस्तानको पञ्जाव राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् ।

मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ ।

एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने

एक सय सात वर्षपछि भारतीय सेना पुनः पेरिस परेडमा सहभागी हुने भएको छ । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका सिपाही पेरिस पुगिसकेका छन् ।

सन् १९१६ मा फ्रान्सलाई जर्मनीको कब्जाबाट बचाउन सिख रेजिमेन्टका भारतीय सैनिकहरूको योगदानलाई पेरिसले फेरि सम्झिने छ जब पञ्जाब रेजिमेन्टका जवानले परेडमा भारतीय सेनाको सौर्य प्रदर्शन गर्नेछन् ।

यो महत्वपूर्ण घटनाले विगतको सम्झनामा भारत र फ्रान्सबीचको स्थायी सम्बन्धलाई पनि उजागर गर्नेछ । यो वर्ष फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

त्यसैले भारतीय सेनाका जवानको परेडमा उपस्थितिले अझ महत्व राख्ने बताइएको छ । शुक्रबार हुने परेडमा भारतीय सशस्त्र बलका दुई सय ६९ जनाको टोलीले फ्रान्सेली समकक्षीसँग कुममा कुम मिलाएर मार्च गर्नेछ ।

पेरिस र अन्य फ्रान्सेली शहरमा दङ्गा, आगजनी र अशान्तिको पृष्ठभूमिमा फ्रान्स पुगेका भारतीय सैनिकलाई फ्रान्सेली पक्षले उदार हृदयले स्वागत गरेको छ । पहिलो विश्वयुद्धको समयदेखिको यो सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने भारतीय सेनाले जनाएको छ ।

पेरिसमा भारतीय सेनाको प्रतिनिधित्व गर्ने पञ्जाब रेजिमेन्ट भारतीय सेनाको सबैभन्दा पुरानो रेजिमेन्टमध्येको एक हो । रेजिमेन्टले दुवै विश्वयुद्ध र स्वतन्त्रतापछिका विभिन्न मिसनमा भाग लिएको छ ।

इतिहास दोहोरिएको यो क्षणमा साहस र वलिदानको पर्याय बनेको भारतीय सैनिकले गर्वसाथ पेरिस परेडमा भागलिएर भारत–फ्रान्स मैत्री र साझा सैन्य इतिहासलाई पुनःजीवन्त बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार