प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने « Khabarhub

प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्केका छन् । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गर्न लागेका हुन् । उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ ।

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएका थिए । त्यसलगत्तै हुन लागेको मोदीको फ्रान्स भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले मोदीलाई स्वागत गरेसँगै नयाँ दिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ ।

युक्रेनमा युद्ध र भारतमा मानवअधिकारको विषयमा मतभेद भए पनि दुवै देशले चीनसम्बन्धी आपसी चासोका कारण पारस्परिक सम्बन्धलाई अझ गहिरो बनाउने विश्लेषकहरु बताउँछन् ।

भारत हिन्द–प्रशान्त रणनीतिको एक सबल स्तम्भ भएको राष्ट्रपति म्याक्रोँका एक सहयोगीले बताएका छन् । प्रधानमन्त्री मोदीलाई फ्रान्सेली राष्ट्रपतिले शुक्रबार हुने राष्ट्रिय दिवसको सैन्य परेडमा विशेष अतिथि बनाएका छन् ।

परेडमा भारतीय सेना र भारत–फ्रान्समा निर्मित लडाकु विमान पनि सहभागी हुँदैछन् जसले दुई देशबीचको घनिष्ठ सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ ।

भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए ।

यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको भारतको हिन्दुस्तान टाइम्सले जनाएको छ । नयाँ दिल्लीले आफ्नो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्न खोजिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ३ : ५३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल