सबै प्रकारका विभेदहरु अन्त्य गर्न एकजुट हुनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

सबै प्रकारका विभेदहरु अन्त्य गर्न एकजुट हुनुपर्छ : उपराष्ट्रपति यादव


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सबै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्टि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरुलाई सहज गराउदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका हुन् ।

मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापीत गर्न उनले सुझाव दिए । उनले बिभेद अन्त्यका लागि नीति निर्माताबचि सहकार्य गर्न र संविधानमा रहेका अधिकार स्थापीत गर्न पनि जुट्नुपर्ने बताए ।

त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातीको संस्कृति भाषा र रहनसहनलाई जिवित राख्नुपर्ने बताए। उनले आदिवासी जनजातीको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने जिकिर गरे ।

कार्यक्रममा शहरी बिकासमन्त्री सीता गुरुङले राज्यको हरेक निकायमा महिलाको समान अधिकार स्थापीत गर्ने भनेपनि पूर्ण हुन नसकेको गुनासो गरे । उनले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने र टिकट बितरणमा पनि महिलाहरुलाई समाज सहभागीता गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित आदिवासी जनजाती महिला प्रतिनिधि २०७९ पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ६ : ५९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी