नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह « Khabarhub

नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ, ।’
उनले नेपालको जलविद्युत, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसंग आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उहा“ले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधी बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ । ’

अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषि लगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैया लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन ।

चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसंगको कुटनीतिक र आर्थिक सम्वन्धलाई थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले, ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ, ।’

नागरिक नागरिकबीचको सम्वन्धलाई अझ दिगो बनाउन आफुले भूमिका निर्वाह गर्ने पार्कले बताए । नेपालमा उत्पादन हुने सवै वस्तुहरु वातावरण मैत्री भएको भन्दै राजदूतले यहा“ उत्पादित बस्तुहरु आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताए ।

दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औं वर्षगाठ अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफुले पहल गर्ने राजदूत पार्कले बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ३१ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव