जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन हुँदै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउन ५ र ६ गते हुने भएको छ । काठमाडौँको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना उक्त सम्मेलनको आयोजना गरिएको कानून व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।

उनका जसपा नेपाल निकट कानून व्यवसायीहरुको छाता संगठनमा आवद्ध देशैभरीका करीब डेढ सय जना कानून व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने छन् ।

यही साउन ५ गतेदेखि सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको अध्यक्ष राईले बताए ।

कानून व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ५५ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार