सावित्राको गोलसँगै हारबाट जोगियो नेपाल « Khabarhub

सावित्राको गोलसँगै हारबाट जोगियो नेपाल


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १–१ बराबरी खेलेको छ ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

खेलको ६५औं मिनेटमा कप्तान सविना खातुनको गोलसँगै बंगलादेशले अग्रता लिएको थियो । खेल सकिनै लाग्दा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो।

मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ८ : ०९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार