पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी « Khabarhub

पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताएका छन् ।

नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।” उनले युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताए।

“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले पत्रकारहरूसँगको कुराकानीमा भने।

एक फरक प्रसङ्गमा उनले भने, “रूसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकोले यसप्रति सम्बन्धित सजग रहन सजग रहन आवश्यक हुन्छ ।”

उनले युक्रेनमा रूसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि दाबी गरे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : २४ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार