आज २०८० साल साउन २८ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल साउन २८ गते आइतबारको राशिफल


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या स् दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ०९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः