फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा | Khabarhub Khabarhub

फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी विश्वकपमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

क्वार्टरफाइनलका अन्तिम दुई खेलमा हिजो अस्ट्रेलियाले फ्रान्सलाई पराजित गरेको थियो भने इंग्ल्याण्डले कोलम्बियालाई हराउँदै अन्तिम चारमा उक्लिएको थियो ।

अब मंगलबार र बुधबार एक एक वटा सेमिफाइनल खेल हुने छन् । मंगलबार स्पेन र स्विडेन आमनेसामने हुने छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे न्युजिल्याण्डमा हुनेछ ।

यसैगरी अस्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमिफाइनल खेल सिड्नीमा बुधबार नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।   

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’