गर्भ किन खेर जान्छ ? | Khabarhub Khabarhub

गर्भ किन खेर जान्छ ?


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय गर्भ खेर जाने समस्याले धेरै दम्पत्तिलाई सताउन थालेको देखिन्छ। तर, यो समस्या नयाँ होइन। अहिले मानिसहरू यो समस्याबारे खुलेर कुरा गर्न तथा अस्पताल जान थालेर समस्या बढेको बढेको जस्तो देखिन्छ। सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ। गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएको छ। सामान्यतया गर्भ खेर जाने समस्याबाट आम महिला पीडित हुने गरेका छन्। गर्भ खेर जानु एक जटिल समस्या हो। गर्भ किन खेरा जान्छ ? कस्ता गर्भवतीको गर्भ खेरा जान्छ ? गर्भ खेर जानुका कारणहरू के के छन् ? गर्भ खेर गएमा के गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि स्त्री रोग विशेषज्ञ डा. सुनिता बज्राचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

गर्भ किन खेर जान्छ ?
कुनै रिलेटेड डिजिज प्रेसर, डाइबेटिज र क्रोमोजोनल एबनर्मल जस्ता कारणले बच्चा खेर गएको पाइन्छ। कुनै महिला गर्भवती भएको पहिलो तीन महिनामा भ्रुणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जानसक्ने सम्भावना रहन्छ। त्यसपछिको दोस्रो तीन महिनाबाट गर्भवतीको आहार विहार र पालनपोषण राम्रो नभएमा गर्भ खेर जाने गर्छ। जिनसम्बन्धी समस्या, योनिमा लगातार हुने सङ्क्रमण, सालनालको अवस्था, गलत औषधि खाइरहनु नै गर्भ जानुका प्रमुख कारण हुन्।

कस्ता गर्भवतीको गर्भ खेर जानसक्छ ?
गर्भवतीलाई पर्याप्त मात्रामा आरामको आवश्यकतापर्छ तर कुनै गर्भवतीले आराम नगरेर पनि गर्भ खेर गएको पाइन्छ। पछिल्लो समयका महिला घरदेखि बाहिर काम गर्ने धेरै छन्। त्यस्तो महिलाहरूमा गर्भ खेरा जानसक्छ। यसका साथै मेडिकल भाषामा पाठेघरको एबनर्मल भन्छौँ। जस्तो पाठेघरमा दुई वटा कोठा हुन्छन्। यस्तो अवस्थामा पनि गर्भ खेर जान्छ। योसँगै अरु कारण पनि हुन्छन्। कसैको पाठेघरको मुखको खराबी भएर तीन महिनापछि पनि खेर जाने हुन्छ। कहिलेकाहीँ पाठेघरमा बच्चा नबसेर नली या अण्डाशयमा गर्भ रहन सक्छ। पाठेघरभन्दा बाहिर बच्चा बस्यो भने पनि खेर जाने सम्भावना हुन्छ।

पाठेघर भन्दा बाहिर कसरी बच्चा बस्छ ?
कुनै महिलामा पाठेघरको इन्फेक्सन भएमा र आजभोलि अत्यावश्यक (इमर्जेन्सी) पिल्सको बढी प्रयोगका गरेका कारणले गर्दा विवाहपछि बच्चा रह्यो भने पनि पाठेघरमा नरहेर बच्चा नलीमा गएर बस्ने सम्भावना बढी हुन्छ। डिपो, नरप्लान्ट र कन्डम प्रयोग गर्ने हो भने बाहिर रहने सम्भावना रहँदैन। तर, कहिलेकाहीँ पाठेघरभित्र आयूसीडी राखेको अवस्थामा बच्चा पाठेघरभित्र नरहेर बाहिर बसेको हुनसक्छ।

गर्भ खेर जाँदा के कस्ता लक्षण देखा पर्छन् ?
गर्भ खेर जाँदा सबै महिलालाई एउटै लक्षण देखापर्छ भन्ने हुँदैन। कसैमा योनीबाट गाढा रातो रङको रगत धेरै दिनसम्म आउने, अरु बेला भन्दा पनि बढी पीडा हुने, पेटको तल्लो भाग दुख्ने, गर्भ रहेको अवस्थामा अचानक महिलाको तौल घट्ने, बच्चा नचलेको शंका लाग्नेलगायतका लक्षण देखिन सक्छन्।

गर्भ खेर जान नदिन सुरुमै के गर्न सकिन्छ ?
गर्भ खेर जाँदा कसैको कुनै महिनाको १ गते महिनावारी भयो तर अर्को महिनाको पनि १ गते हुनुपर्नेमा नभइकन ३, ४ दिन पर गयो भने पिसाब जाँच गरिहाल्नु पर्छ। अहिले महिनावारी नियमित हुने विवाहित र अविवाहित पनि गर्भवती भएर आएको पाइन्छ।

पिसाबको जाँच गर्न अस्पताल जानै पर्छ भन्ने छैन। औषधि पसलमाबाट किट लगेर पिसाब जाचँ गर्दा गर्भवती भएको थाहा पाउन साथ अस्पताल गइहाल्नुपर्छ। गर्भ अवस्थाको पहिलो चरणमा के के सावधानी अपनाउनुपर्छ, कुन कुन औषधि लिनुपर्छ, भन्ने सबै कुराको जानकारी लिन सकिन्छ। कहिलेकाहीँ रगत धेरै बगेर थाहा नपाएर गर्भवतीको ज्यानसमेत जाने गरेको छ। समयमै .ध्यान दियो भने बच्चा खेर जानबाट बच्न सकिन्छ।

पटक पटक गर्भ खेर जाने समस्या किन हुन्छ ?
यदि कोही महिलाको पहिलो बच्चा खेर गएको छ भने दोस्रो पटक पनि खेर जाने सम्भावना रहन्छ। तर, पहिलो बच्चा के कारणले खेर गएको हो त भन्ने कुरामा पनि भरपर्छ। यसको महत्त्वपूर्ण उपचार भनेको महिनावारी रोकिनासाथ डाक्टरको परामर्श लिइहाल्नुपर्छ। अस्पतालमा समयमा नै गर्भवती महिलालाई फोलिक एसिड औषधि दिइन्छ। जसले बच्चाको मानसिक तन्दुरुस्तीलाई अझ प्रबल बन्न सहयोग गर्छ। कसैले बच्चा जन्माउने योजना बनायो भने तीन महिनासम्म फोलिक एसिड खाने गर्नुपर्छ।

समयमा नै सावधानी नअपनाउँदा कस्तो जोखिम निम्तिन्छ ?
पाठेघरमा समस्या भएर बच्चा खेर जाने मात्र होइन, कुनै महिलालाई ब्लड प्रेसर हाई भयो भने ज्यान जानेसमेत जोखिम हुन्छ। कसैलाई मुटुको रोग पत्ता नलागेर पनि ज्यान जान सक्छ। पेट दुख्ने, रगत देखिने, टाउको दुख्ने समस्या देखियो भने अस्पताल गएर समयमै चेक जाँच गर्नु राम्रो हुन्छ।

गर्भ रहेपछि बच्चा नजन्मिँदासम्म के के कुरामा ध्यान दिने त ?
गर्भ रहेपछि महिलाले कठिन काम नगर्ने, शरीरलाई प्रर्याप्त मात्रामा आराम दिने र पोषणयुक्त सन्तुलित आहार सेवन गर्ने गर्नुपर्छ। कुनै लामो यात्रा नगर्ने, आइरन चक्की फोलिक एसिड र बी कम्प्लेक्सको सेवन गर्ने, तीन महिनासम्म शारीरिक सम्बन्ध नराख्नु राम्रो मानिन्छ। यसका साथै शरीरलाई सजिलो हुने जुत्ता चप्पल र कपडा लगाउने गर्नुपर्छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको