किसानलाई माछाका भुरा वितरण  « Khabarhub

किसानलाई माछाका भुरा वितरण 


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । 

कार्यालयले आर्थिक वर्ष २०७९–८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । 

यस्तै, ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिए ।

कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ ।

गत वर्ष कार्यालयले भुरा र माछा बिक्री गेरर ४५ लाख राजस्व सङ्कलन गरेको उनले जानकारी दिए । उनका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५०  किसान लाभान्वित भएका छन् ।

बागमती प्रदेशको १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन् । उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिनका लागि नवलपुर, गोरखा, बारा, पर्सालगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन् ।

कार्यालयले फ्राइ जातको २५ पैसा र फिङ्गरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ । केन्द्रमा ३६  पोखरी निर्माण गरिएको छ । यसमा माउ पोखरी ६ वटा रहेका छन् । अरु सबै नर्सरी पोखरी हुन् । 

कार्यालयले खाने माछासमेत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ । वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बिक्री गर्दै आइरहेको मत्स्य विकास अधिकृत डा. गणेश अधिकारीले जानकारी दिए ।

उनले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा पनि भुरा उत्पादनलाई जोड दिएको बताए । केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उनको भनाइ छ । कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिँदै आएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ३३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार