चीनको अर्थतन्त्रको असर हङकङमा | Khabarhub Khabarhub

चीनको अर्थतन्त्रको असर हङकङमा

संसारको व्यापारिक हब चिनियाँ राष्ट्रपतिको वालेटमा परिणत


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गएको दुई महिनाको प्राकृतिक विपत्तिका कारण चीनको अर्थतन्त्र जुलाई महिनामा अत्यास लाग्दो गरी ओरालो लागेको छ। जनवरीदेखि जुलाई महिनासम्मको विपत्तिका कारण ५ दशमलव ७४ अर्ब अमेरिकी डलर धक्का लागेको छ।

चीनमा प्राय गृष्म ऋतुमा बाढीको समस्या देखिने गर्छ। यस पटक पनि सो समस्या देखिएको छ। सो बाढीका कारण ७० लाख जना प्रभावित भएका छन्। एक सय ४० वर्ष यताकै सबै भन्दा बढी वर्षाको सामना पनि चीनले गरेको थियो।

अगस्ट सामान्यतया पानीको असर अझ धेरै हुनसक्छ। गृष्मको तापक्रमको कारण यसको असर धेरै हुन सक्छ। तसर्थ चीनमा अझ खराब दिन पनि आउन सक्ने अनुमान गरिएको छ। यस समयमा तातो हावाको असर पनि हुनसक्छ। यस वर्षको जुन महिना चीनको अहिलेसम्मकै सबैभन्दा तातो जुन महिना बन्यो।

चीनको राष्ट्रिय मौसम विभागले अगस्ट महिनाको उत्तर पूर्वमा विगतको भन्दा ५० प्रतिशत बढी वर्षा हुने चेतावनी दिइसकेको छ। दक्षिण पश्चिममा आएको सहित पुरै वर्षाका कारण चीनले ३८ दशमलव २३ अर्ब युयान यस वर्षको पहिलो ६ महिनामा क्षति भोगिसकेको छ।

बेहेरको उत्तरी प्रान्तमा १ करोड २० लाख गत साता मात्र विस्थापित भएका थिए। चीनका माथिल्लो तहका आर्थिक योजनाकारले तीयानजीन र हेबरमा राहतका लागि एक सय मिलियन छुट्याएको छ।

सिङ्गो चीनको अर्थतन्त्रको १८ प्रतिशत हिस्स सन् १९९७ मा हङकङले ओगटेको थियो। त्यो घटेर अहिले दुई प्रतिशतमा झरेको छ। उता हङकङमै चीनको मात्रा प्रभाव यसरी बढ्दै गएको छ कि त्यहाँ चिनियाँ कम्पनीको सङ्ख्या १ सय १ बाट बढेर एक हजार तीन सय ७० पुगेको छ।

बेइजिङ र हेबइको अर्को विपत्तिका लागि पनि त्यत्ति नै तय गरिएको छ। अर्थ तथा खानेपानी मन्त्रालयले समग्र प्रभावित क्षेत्रका लागि चार सय ५० युयान तय गरेको छ। यता बाढीले समस्या परिरहेको समयमा चीनको प्रभाव रहेको हङकङमा पनि असर पर्नु स्वाभाविक हो।

सन् १९९७ मा बेलायतबाट चीनले लिएको हङकङ अहिले सिङ्गो चिनियाँ अर्थतन्त्रको पकडमा खुम्चीरहेकै समयमा चीनको आर्थिक ओरालो यात्राले त्यहाँ पनि केही असर गर्नु स्वाभाविक नै हो।

अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङले दुई नीति लिएका छन्। एक देश दुई अर्थतन्त्रको नाराले हङकङलाई खुम्च्याउँदै लगेको हो। सिङ्गो चीनको अर्थतन्त्रको १८ प्रतिशत हिस्स सन् १९९७ मा हङकङले ओगटेको थियो। त्यो घटेर अहिले दुई प्रतिशतमा झरेको छ। उता हङकङमै चीनको मात्रा प्रभाव यसरी बढ्दै गएको छ कि त्यहाँ चिनियाँ कम्पनीको सङ्ख्या १ सय १ बाट बढेर एक हजार तीन सय ७० पुगेको छ।

गत वर्ष हङकङ दुई सय ५२ चिनियाँ तथा दुई सय ५४ अमेरिकी कम्पनीको एसियाली मुख्यालय बनेका थिए। हङकङका चिनियाँ विश्व विद्यालयका अर्थशास्त्र प्राध्यापक टेरेस चोङ स्थानीय टाइकुन लीयाले सन् १९७० र १९८० को दशकमा प्रभाव जमाए पनि पछिल्लो समय चिनियाँ उत्पादनले हङकङमा प्रभाव जमाएको बताउँछन्। तथापि बाह्य अर्थतन्त्रले त्यहाँ असर गर्न थालेको छ।

बेइजिङ र वासिङ्टन बीचको तनावको असर पनि सिधै हङकङको बजारलाई परेको छ। हङकङमा वैदेशिक कामदारको आकर्षण पनि त्यत्ति नै घटेको छ।

त्यहाँ पछिल्लो वर्ष चीनले तीनले तीन वटा विषयमा प्रभाव पारेको छ। पहिलो प्रत्यक्ष लगानी, दोस्रो व्यापार र तेस्रो पुँजी बजारमा उपस्थिति। यी सबै कुराको असर अन्य देशमा हङकङको उपस्थितिलाई नकारात्मक असर गरी रहेको छ।

विश्व बजारमा युआनलाई उपस्थित गराउन हङकङलाई प्रयोग गर्ने नीति चीनले लिएको हो। हङकङ डलरको अमेरिकी डलरसँगको विनियम धेरै हुने भएका कारण चीनले यो नीति लिएको हो।

यसको प्रतिकुल असर संसारका ठुला अर्थतन्त्र भएको देश हङकङबाट टाढा हुने हो। २५ वर्ष अगाडि हङकङको शाह्य लगानी मध्ये अमेरिकी हिस्सा ४० प्रतिशत थियो। त्यो अहिले तल झरेर २० प्रतिशत पुगेको छ।

यसको मूल कारण सन् २०१४ देखि सघाइ चीन स्टक मार्केटको समन्वय नै हो। बेइजिङ र वासिङ्टन बीचको तनावको असर पनि सिधै हङकङको बजारलाई परेको छ। हङकङमा वैदेशिक कामदारको आकर्षण पनि त्यत्ति नै घटेको छ। सन् २०२१ मा दुई हजार ६ सय जना वैदेशिक कामदारको भिसा उपलब्ध गराइएको थियो।

विभिन्न संस्कृति र संस्कार माथिको चिनियाँ प्रहारको एउटा अंशको रूपमासमेत यो ऐन रहेको छ। साथमा त्यहाँ प्रवेश गरेपछिको अनावश्यक कानुनी र प्रशासनिक झमेलाको कारण त्यहाँको बजारमा धेरैको रुचि घट्दै गएको छ।

कोभिड महामारीको असर लगत्तै हङकङ राष्ट्रिय सुरक्षा ऐनको मारमा परेको छ। त्यसै मारका कारण चीनसँगै हङकङ अहिले आर्थिक रूपले ओरालो यात्रामा छ।

धेरै विज्ञ राष्ट्रिय सुरक्षा ऐनको आर्थिक क्षेत्रमा पर्ने नकारात्मक असर देखिनै बाँकी रहेको बताउँछन्। सन् २०२० को जुनदेखि आएको यो ऐनका कारण प्राय वैदेशिक लगानीकर्ताको मनमा डर पैदा भएको छ।

विभिन्न संस्कृति र संस्कार माथिको चिनियाँ प्रहारको एउटा अंशको रूपमासमेत यो ऐन रहेको छ। साथमा त्यहाँ प्रवेश गरेपछिको अनावश्यक कानुनी र प्रशासनिक झमेलाको कारण त्यहाँको बजारमा धेरैको रुचि घट्दै गएको छ। त्यहाँ यस्तो गम्भीर दम्भ राखिएको छ कि अधिकारीले कुनै पनि समय कानुनी पुनरावेदनको मौका नदिई कानुनी दायरको ल्याउन सक्ने छन्। यस कानुनले धेरै जमिनको भाडा लिने क्रममा कठिनाइ उत्पन्न गराएको छ।

सबै घटनाले संसारको व्यापारिक हब अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङको वालेट बनेको छ। साथमा चीनको ओरालो यात्रामा अनावश्यक मार समेत हङकङले खेपेको छ।

हङकङको बारे चिनियाँ धारणा प्रस्ट छ। बेइजिङले लगाएको रातो धर्कामा रहेर कुनै पनि व्यवसाय गर्न मन्जुर भए ठिक्क नत्र त्यहाँ उपस्थितिको औचित्य छैन भन्ने नै बेइजिङको सन्देश हो। अहिलेको अवस्था हेर्दा हङकङ संसारकै व्यापारिक हबको रूपमा आफ्नो छवि गुमाउँदै गएको छ।

हङकङमा राष्ट्रिय सुरक्षा ऐनका कारण विरोधका कार्यक्रम समयमा समयमा नभएका होइनन् यसले पनि लगानीलाई प्रतिकुल असर गरेको छ। यी सबै घटनाले संसारको व्यापारिक हब अहिले चिनियाँ राष्ट्रपति सी चिन फिङको वालेट बनेको छ। साथमा चीनको ओरालो यात्रामा अनावश्यक मार समेत हङकङले खेपेको छ।

स्रोत: रोयटर्स, एसिया निक्केइ, ब्लग सोएस डट एसी डट युके

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ०९ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित