मुग्लिन–पोखरा सडक विस्तार, दमौलीमा घर भत्काइँदै « Khabarhub

मुग्लिन–पोखरा सडक विस्तार, दमौलीमा घर भत्काइँदै


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।

यस अगाडि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।’

आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ ।

यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनु पर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले जानकारी दिए ।

व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रबिन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ ।

एउटा खण्डको प्रगति ३१ प्रतिशत
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ५० बजे

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

कञ्चनपुर– सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा– बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार

गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा

एजेन्सी– गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

फुङ्लिङ– ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८