धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा « Khabarhub

धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा बढीलाई पक्राउ गरेको छ।

तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको महासङ्घका महासचिव दाहालले जानकारी दिए । उनले भने, ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गरेको छ ।’

आफूहरूले गरेको कामको समयमा भुक्तानी दिन माग गर्दै निर्माण व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । महासङ्घले समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : २३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो