अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश मन्त्री जोशीको अनुरोध « Khabarhub

अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश मन्त्री जोशीको अनुरोध


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार २४ बिरामीले सेवा लिएका छन् । मन्त्री जोशीले भन्नुभयो, ‘अहिले गरिब र विपन्न नागरिकलाई निःशुल्क शय्या उपलब्ध गराएका छौँ भने आगामी दिनमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्दै जानेछौँ ।’

उनले प्रदेशका प्रयोगशालामा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै डेङ्गु परीक्षण निःशुल्क गरिएको जानकारी दिए ।

मन्त्री जोशीले प्रदेशभित्रका सिमान्तकृत, सबै आश्रममा रहेका व्यक्ति, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र स्वयम् सेविकालाई निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए ।

उनले पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, उनीहरुलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियोथेरापीको व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्री जोशीले भने, ‘कमजोर आर्थिक अवस्थाका कारण कसैको उपचार रोकिनु हुँदैन, प्रदेशका अन्य अस्पतालले १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्छ । निजी अस्पताललाई पनि यसअघिनै १० प्रतिशत शय्या निःशुल्क गर्न निर्देशन दिइसकिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : ०८ बजे

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय