सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली « Khabarhub

सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक समिति आवश्यक भएको बताए ।

माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको उनले दाबी गरे । अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक समिति बन्नुपर्ने जिकिर गरे ।

सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउन माग गर्दै संसन अवरोध गर्दै आएको छ । सरकारले केन्द्रीय प्रहरी ब्यूरोले गरेको छानबिनको प्रतिवेदनलाई पर्खन आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ०५ बजे

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो