सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला « Khabarhub

सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्छ : कांग्रेस नेता कोइराला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनेको उल्लेख गर्दै यसबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको बताए ।

पछिल्लो केही समययता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समितिको गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरुद्ध पनि गर्दै आएको छ ।

कांग्रेस नेता कोइरालाले पनि एमालेले माग गरेजस्तै उच्चस्तरीय समिति गठन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ३९ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड