पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण, दुई सुरक्षाकर्मी घाइते « Khabarhub

पाकिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारी लस्करमा आक्रमण, दुई सुरक्षाकर्मी घाइते


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको हो ।

आतंकवादीहरूले चिनियाँ इन्जिनियर सवार लस्करमा आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीको प्रत्याक्रमणमा एक आक्रमणकारी मारिएका छन् ।

७ सवारी साधनमा २३ चिनियाँ इन्जिनियर बोकेर उक्त लस्कर ग्वादर बन्दरगाहतर्फ गइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ । चीनको सहयोगमा ग्वादर बन्दरगाह निर्माणाधीन रहेको बताइन्छ ।

बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन् । प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : १९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको