नक्कली चिकित्सकसँग बाबुको नामबाहेक सबै विवरण मिल्दा सक्कली चिकित्सक नै सीआईबीको फन्दामा « Khabarhub

नक्कली चिकित्सकसँग बाबुको नामबाहेक सबै विवरण मिल्दा सक्कली चिकित्सक नै सीआईबीको फन्दामा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली चिकित्सक भनेर पक्राउ परेका व्यक्ति सक्कली चिकित्सक भएको पाइएको छ ।

सीआईबीले नक्कली प्रमाणपत्र लिएका चिकित्सकविरुद्ध सञ्चालन गरेको ‘अपरेसन फोक्स्ट्रोट चार्ली ’ अभियानका क्रममा महोत्तरी पिपराका डा रञ्जितकुमार यादव पनि पक्राउ परेका थिए । यद्यपि उनी सक्कली डाक्टर भएको पाइएको हो ।

नक्कली चिकित्सकका बाबुको नामबाहेक सबै विवरण हुबहु मिल्न गएपछि डा. यादव पक्राउ परेको बताइएको छ । नक्कली चिकित्सकसँग नाम, थर र ठेगाना सबै मिलेका कारण उनी पक्राउ परेका हुन् ।

सीआईबीले सञ्चालन गरेको कारवाहीका क्रममा नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनील शर्मासहित ८ जना पक्राउ परेका थिए । यद्यपि अदालतको आदेशसँगै डा. शर्मा रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ५३ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली