सिनेमाबाट राजनीतिमा आएकी जयाप्रदालाई ६ महिनाको जेल सजाय « Khabarhub

सिनेमाबाट राजनीतिमा आएकी जयाप्रदालाई ६ महिनाको जेल सजाय


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चेन्नई- अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए । थिएटरले आफ्ना कर्मचारीहरूलाई ईएसआई (कर्मचारी राज्य बीमा निगम) दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए ।

यद्यपि जयाप्रदाले मुद्दा खारेज गर्न अदालतमा अपील गर्दै आफ्ना कर्मचारीहरूलाई पूरा रकम दिने वाचा गरेकी थिइन् । तर, श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपीलमा आपत्ति जनाएका थिए ।

यो मुद्दामा जयप्रदा र यस थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । सबैलाई ५ हजार जरिवाना समेत तिर्न भनिएको छ । तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन् ।

जया ७० र ८० को दशकमा बलिउड र तेलुगु सिनेमाको प्रतिष्ठित स्टार थिइन् । इन्डस्ट्रीमा उनलाई श्रीदेवीजस्ता महिला सुपरस्टारसँग तुलना गरिन्थ्यो । दुवै एक अर्काका प्रतिस्पर्धी थिए ।

बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आज का अर्जुन र थानेदार जस्ता धेरै हिट फिल्म दिएकी थिइन् । उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन् ।

जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छिन् । उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन् । यसपछि उनले २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ०३ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला