कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति « Khabarhub

कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभामा कारागारभित्रै दुई जना कैदीको मृत्यु भएको घटनामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको हो।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

असई चौधरी पक्राउ परेपनि जेलर घिमिरे भने पक्राउ परेका छैनन्।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : १६ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं