सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार छु : महरा « Khabarhub

सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार छु : महरा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा सुन प्रकरणमा महराको नाम जोडिएर आएका समाचारबारे कुरा उठेपछि उनले उनले आफू सीआईबीलाई बयान दिन तयार रहेको बताएका हुन् ।

उनले भने, भ्रष्टाचारविरोधी पार्टीको अभियानमा मेरो पनि साथ छ । सुन प्रकरणमा मलाई अनावश्यक रुपमा जोडिएको छ। आवश्यक परे सीआईबीमा नै पुगेर बयान दिन तयार छु ।’

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए । उनले सुन प्रकरणमा माओवादीका नामबाट जोडिएका सबैमाथि छानबिन हुने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ । सबैलाई ल्याएर अनुसन्धान गर्ने सरकारको तयारी छ । दोषी भए जेल जान पनि तयार हुनुहोस्’ बैठकमा प्रचण्डले भनेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ४२ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न