सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी « Khabarhub

सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्।

बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका- ४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर खाँदा तामाङ दम्पती सिकिस्त बनेका थिए।

च्याउ खाएको केही समयमै बान्ता हुने समस्या देखिएका तामाङ दम्पतीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको जिल्ला पहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : २५ बजे

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।