सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी | Khabarhub Khabarhub

सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्।

बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका- ४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर खाँदा तामाङ दम्पती सिकिस्त बनेका थिए।

च्याउ खाएको केही समयमै बान्ता हुने समस्या देखिएका तामाङ दम्पतीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको जिल्ला पहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : २५ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ