अन्तर्वार्ता

कपाल झर्न नदिन के गर्ने ?

By खबरहब

September 13, 2023

पछिल्लो समय मानिसहरुमा कपाल झर्ने समस्या बढिरहेको छ। धेरै जना यो समस्याबाट पीडित भएका छन्। शरीरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा कपाल झर्छ। पछिल्लो समय धेरै समय हेलमेट लगाउनेमासमेत कपाल झर्ने समस्या देखिन्छ। तीमध्ये कपालको उचित सरसफाइ र स्याहार नपुर्याउँदा पनि कपाल झर्ने गर्छ। कपाल झर्नाका थुप्रै कारण रहेको चिकित्सकहरु बताउछन्। आजकाल धेरै मानिसमा कपाल झर्ने तथा बिस्तारै तालुखुइले हुने समस्या दिनप्रति दिन बढ्दै गइरहेको छ। युवा उमेरमा नै कपाल झरेका कारण धेरैलाई यो समस्याले सताउने गरेको छ। के कारणले गर्दा कपाल झर्छ ? कपाल झर्न नदिन के गर्ने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. सन्जुबाबु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

के कारणले कपाल झर्ने समस्या आउने हो ? कपाल झर्ने समस्या एकदमै सामान्य समस्या हो। कपाल धेरै कारणले झर्नसक्छ। जसमध्ये धेरै मान्छेमा हर्मन जिन र चिन्ताको कारणले हुनसक्छ। सबै भन्दा बढी हुने भनेको हर्मोनको कारणले हो। त्यसमा पनि एन्ड्रोजन हर्मोनको कारणले केटाकेटी दुबैमा कपाल झर्न सक्छ। विभिन्न हार्मोनको सेन्सेटिभिटी हाई भएर कपालका जराहरू सानो, पातलो र सुक्दै जाने हुन्छ। यो युवामा पारिवारिक रूपमा वंशमा कसैलाई छ भने आउँछ। अर्को एलोपेसिया एरियटा जसमा कपालको वा टाउको विभिन्न भागबाट गोलो गोलो रिङजस्तो गरेर जसलाई नेपाली भाषामा खोइरो लागेको भन्छौँ। त्यसरी पछि झर्छ।

कहिलेकाही डाइटिङ गर्ने भन्दै खाना नखाने, प्रोटिनको मात्र घटाइदिने गर्दा पनि कपाल झर्नसक्छ। अप्रेसन गरेका मानिसमा, तातो पानीको प्रयोग गर्दा स्याम्पु फरक फरक लगाउँदा पनि कपाल झर्नसक्छ। सबै भन्दा बढी झर्ने भनेको चिन्ताले हो।

धेरै स्याम्पु र कान्डिसनर प्रयोग गर्दा पनि कपाल झर्छ भनिन्छ कसरी प्रयोग गर्ने हो ? कपालमा सकेसम्म कन्डिसनर प्रयोग गर्दा जरा भन्दा १ सेन्टिमिटर भन्दा माथि बाट नै प्रयोग गरेको राम्रो हो। स्याम्पु सकेसम्म एउटै लगाउदा निकै राम्रो मानिन्छ।

धेरै कपाल झरेपछि सौन्दर्य त घटिहाल्यो यसका अलावा स्वास्थ्यमा कस्तो असर गर्छ ? मान्छेको कपाल पातलिँदै गएपछि पिर चिन्ता बढ्छ र बुढो देखिन्छ। तर मान्छेलाई कपाल नभएर खासै फरक पर्दैन। यसले मानसिक रुपमा ठूलो अन्तर देखाउन सक्छ किनकी एउटा २२ वर्षको केटोको कपाल छ भने दाइ भन्छ तर २२ वर्ष कै केटो तर कपाल छैन भने अंकल भन्नेसम्म पनि हुनसक्छ। यसले मानसिक रुपमै ठूलो असर गरेको हुन्छ।

महिलाको तुलनामा यो समस्या पुरुषलाई बढी हुन्छ भनिन्छ नि ? कपाल झर्ने समस्या महिलाको तुनलामा पुरुषमा बढी झर्छ। केटाहरूको छोटो भएर यो धेरै देखिन्छ। तर महिलाहरु कस्मेटिक रूपमा निकै अगाडि भएको कारणले उनीहरु समयदेखि नै सचेत हुन्छन्।

कतिपय अवस्थामा कपाल झरेर तालु हुनेसम्मको समस्या देखिन्छ यो के कारणले हुने हो ? यो बाबु, आमा र मामामा हुने जिनको कारणले पनि हुन्छ। यो ३० प्रतिशत मान्छेमा आउँछ। यो ड्राई हाइड्रो टेस्ट टेस्ट टेरोन हार्मोनको सेन्सेटिभिटी हाई भएपछि हाम्रो अगाडिको भागबाट सुरु हुन्छ। त्यो एरियामा हर्मको कारणले कपालको जराहरू विस्तारै सुक्दै जान्छ। जसलाई हामी ‘मिनिएचराइजेसन अफ हेयर फोलिकल’ भन्छौँ। त्यो फोलिकल सुकिसकेपछि हामीले केही गर्न सक्दैनौ। त्यो सुक्न नदिई उपचार गर्दा तालु हुँदैन। कतिपय मानिसहरू सुरुमा आउँदैनन्। ढिलो आएपछि औषधिले राम्रोसँग काम गर्दैन र त्यसको लागि हामीले सर्जिकल ट्रिटमेन्ट गर्छौँ या कपाल ट्रान्सप्लान्टेसन गर्नुपर्ने हुन्छ।

कपाल प्रत्यारोपण गर्दा कसरी गरिन्छ ? कपाल प्रत्यारोपण गरेपछि कपाल बढ्छ किनकि उसैको टाउकोको पछाडि पट्टी जुन ठाउँमा बाक्लो कपाल छ त्यहाँको कपाल जरैसम्म ल्याएर कपाल नभएको ठाउँमा प्रत्यारोपण गरिन्छ। त्यो सामान्य र प्राकृतिक कपाल हो जुन बढ्छ र तान्दा दुख्छ। प्रत्यारोपणमा कपाल भनेको बारीमा बोट बिरुवा रोपेको जस्तै रोप्ने हो। यसको सहि रुपमा हेरचाह गर्नु पर्दछ। यो बढ्छ। कपाल प्रत्यारोपण गर्दा मान्छेलाई बेहोस बनाउनु पर्दैन। हामीले पछाडि पट्टी सफा गर्छौँ र नदुख्ने सुइँ लगाएर जरा सहित एक एक गर्दै कपाल निकाल्छौँ र अगाडि जहाँ तालु खुइलिएको छ त्यसमा नरम बनाएर सानो सानो प्वाल बनाउँछौँ कहाँ कपाल राख्ने भनेर त्यो प्वालमा एक एक गर्दै कपाल हाल्छौँ।

कपाल प्रत्यारोपण गर्दा कति समय लाग्छ ? त्यसको लागि टिम नै भएर काम गर्नुपर्छ। जसमा एक जनाको गर्न दिनभरी जस्तो नै लाग्छ। एउटा तालुमा कपाल रोप्न लगभग ६ देखि ८ घण्टासम्म लाग्छ सक्छ। अहिले नेपालमा केही अस्पतालमा प्रत्यारोपण गरिन्छ। यो गर्न सबैलाई सहज जस्तै छ। कपाल प्रत्यारोपण गर्न ठ्याक्कै यत्ति नै खर्च लाग्छ भनेर भन्न सकिँदैन। कति जनाको टिमले काम गरेको छ, कति प्रत्यारोपण गरेको छ, त्यसको आधारमा खर्च लाग्छ। लगभग तीनदेखि चार हजार कपाल रोप्दा डेढदेखि दुई लाख खर्च हुनसक्छ।

प्रत्यारोपण गरेको कपाललाई कसरी स्याहार गर्ने ? प्रत्यारोपण गर्दा इन्जेक्सन लगाएर गर्ने हो मानिसलाई बेहोस बनाएर गरिँदैन। त्यस कारण प्रत्यारोपण पछि तीनदेखि चार दिनसम्म निधार सुनिने, चिलाउने र कसैलाई पछिपछि छुँदा थाहा नपाउने पनि हुनसक्छ। यो समस्या विस्तारै ठिक हुन्छ। प्रत्यारोपण गरेपछि सुरुको पाँचदेखि सात दिन यो ठाउँलाई सफा गर्ने औषधिहरू खाने, दुईदेखि तीन हप्तामा कपाल झर्न सक्छ र त्यो फेरि आउँछ र त्यो आएको कपाल बढ्दै जान्छ। त्यसरी बढ्दै गएर ९ महिनादेखि एक वर्षपछि प्राकृतिक रूपमा कपाल तयार हुन्छ।