समर्थकबाट ‘क्वीन अफ द अफ्रिकन हरर’को उपमा पाएकी बेलायती नाइजेरियाली लेखिका नुजो ओनोले प्रतिष्ठित साहित्यको उपाधि पाए लगत्तै अफ्रिकन लोक सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा नयाँ जनरको रूपमा मान्यता पाएको प्रतिक्रिया दिएकी छिन्। ‘जब म लेख्न सुरु गरी रहेको थिएँ त्यस समयमा गुगलमा अफ्रिकी हरर सर्च गरेको खण्डमा एड्स लडाइँ र महिला हिंसा मात्र भेटिन्थ्यो। अहिले पुस्तक र फिल्म भेटिन्छ। तिनीहरूको साहित्यको नयाँ अङ्ग बनेका छन्,’ ओनोले भनिन्।
हरर लेखक सङ्घबाट ओनोले लाइफ टाइम एचिभमेन्ट अवार्ड पाएकी हुन्। यसलाई अफ्रिकी साहित्य छेत्रकै पायनीयर अवार्ड मानिन्छ। सौन्दर्य र त्रास दुवै रूपले यो अफ्रिकामा ज्यादै महत्त्वपूर्ण छ।
यस अघि अवार्ड जित्नेमा परिचित नाम हरर फिक्सनमा स्टेफन किङ, एनी राईस र बेलायती अभिनेता क्रिस्टोफर ली लगायत छन्। लीले धेरै चलचित्रमा ड्राकुलाको रूपमा अभिनय गरे बापत सो अवार्ड पाएका थिए।
ओनाको पछिल्लो पुस्तक अ डान्स फर अ डेडमा कडा खाले इग्वो संस्कृति र परम्परा देखाइएको छ। यसमा कथाकी राजाका उकारीका जेठा छोरा डाइक र उनको शासनको बारे उल्लेख गरिएको छ। दन्त्य कथा झैँ लाग्ने सो पुस्तकको सुरुवातदेखि अन्तिमसम्म सनसनीपूर्ण छ। यसमा डाइकले ओसुको भूमिका पनि निर्वाह गरेका छन्।
इग्वो परम्परामा ओसुको मतलब अन्य समुदायको आक्रमणबाट बच्नका लागि मन्दिर तर्फ कुदी रहेको एउटा समूह हो। यसरी मन्दिरमा कुद्नेहरूले कहिल्यै पनि दुःख भोग्नु पर्दैन भन्ने मान्यता छ। त्यसै समुदायमा आफ्नो जीवनभर दैत्यको पूजा प्रार्थना गर्ने र आदर्श मान्नेहरूको अन्त्यमा हार भएको देखाइएको छ।
अहिले विकसित र परिमार्जित समाज भन्दा केही दशक अगाडिको समाजको चित्रण उनका पुस्तक र फिल्मले गर्ने गरेका छन्। सामाजिक दन्त्य कथा तथा हरर फिल्म लागे पनि समाजको यथार्थको रूपमा लिइने गरिएको छ।
सामाजिक र सामुदायिक बहिस्कारका घटना उनका पुस्तकमा उल्लेख गरिएको छ। यसरी बहिस्कारको प्रचलन परम्परागत कालमा सबै देशमा थियो।
जातीय भेदभाव पनि संसारका धेरै देशमा थियो। नाइजेरियामा सन् १९५६ मा जातीय भेदभाव विरुद्धमा कानुन पास भएको थियो। तथापि त्यो कानुन अहिले पनि छ। नाइजेरियामा अहिले पनि ओसु समुदायको भएको अन्तिम समयमा पत्ता लाग्यो भने निश्चित भइसकेको विवाह भङ्ग हुन्छ।
‘यो हाम्रो समुदायको कुरा हो’, ओनोले भनिन् ‘त्यहाँ ओफ भनिने केही हुन्छन्। जसलाई मानिसहरूले अहिले पनि दासको रूपमा राख्ने गरेका छन्। उनीहरूले गाउँको मूलधारमा प्रवेश गर्ने र केहीमा प्रतिस्पर्धा गर्ने अवसर नै पाउँदैनन्।’
उनका बाबु नाइजेरियाको दक्षिण पूर्वी अम्बारा राज्यमा गभर्नरको रूपमा सन् १९८३ मा शासन गरेका थिए। मोहम्मद बुहारीबाट बर्खास्तको शासनमा बर्खास्त हुनु अगाडि उनले ओसु अभ्यासलाई भङ्ग गरेका थिए।
डान्स फर द डेडमै ओनोले अल्बानीजम भएकामाथिको भेदभावलाई प्रस्ट रूपले देखाएकी छिन्। त्यसै फिल्ममा उपल्लो जातीय समुदायबाट भएको भेदभाव विरुद्धको लडाइँका बारे प्रस्ट देखाइएको छ।
‘अश्वेतहरू छालाको रङ कालो भएका कारण प्रताडित छन् भने त्यहाँको एक समुदाय फिक्का छाला भएका कारण प्रताडित छन्। जिउमा धेरै भाग खुइलिएका कारण उनीहरू जुनसुकै समयमा ज्यान जाने हो की भनेर डराउँछन्। उनले गलत परम्परा भङ्ग गर्नका लागि महिलाहरूको भूमिका पनि बढी रहेको जनाइएको छ।
यस कथाको केही महत्त्वपूर्ण बाटो छ। देउतालाई सम्झने क्रममा सधैँ पुरुषको प्रतीक देखाइन्थ्यो। ओनोले आफ्नो पुस्तकमा महिलाको रूपमा प्रार्थना गरेपछि समस्याको समाधान भएको उल्लेख गरेकी छिन्।
उनको यस कार्यलाई कतिपयले सैतानी कामको संज्ञासमेत दिएका छन्। यसअघिका उनका पुस्तक अनक्लीन, रेकुल्ट्यान्ट डेडी र डेडी कर्सपमा मृत्यु र जीवनको साइनाको बारे उल्लेख गरिएको छ। तर उनको यो कथा मात्र होइन। यसमा धेरै कुराको अर्थ बोकेको हुन्छ।
सन् २०१७ मा उनले योर एन्टर्स फर सक्सेस र ह्यापीनेस नामक पुस्तक लेखेकी थिइन्। यसमा उनले प्राचीन शक्तिलाई कसरी प्रार्थना गर्ने भन्ने देखाएकी थिइन्। इग्वो परम्परालाई उपयोग गर्ने शैलीको बारे उनले उल्लेख गरेकी छिन्। उनलाई युवा नाइजेरियाली त्यही परम्परा तर्फ आकर्षित भई रहेको बताएकी छिन्।
‘मलाई मानिसहरूले यसलाई कसरी उपयोग गर्ने भन्ने बारेमा इमेलमा प्रश्न सोधिरहेका हुन्छन्। उनले धेरै युवाहरू धार्मिक परम्परा तर्फ उन्मुख भई रहेको बताएकी छिन्,’ पूर्खा तर्फको आकर्षणलाई कसरी अघि बढाउने भन्ने बारेमा उनले आफ्नो कुरा उल्लेख गरेकी छिन्। उनले एक जना प्रौढलाई परम्परागत धार्मिक परम्पराका कारणले शरीरमा आएको चमकका कारण बढेको शक्ति उल्लेख गरेकी छिन्।
ओनोलाई आफ्नो सारा सफलतामा आमाको आशीर्वादले काम गरेको विश्वास छ। ‘यो उहाँको आर्शिवाद हो। मैले यो अवार्ड पाएकै दिन मेरो आमाको पुण्य तिथि पनि हो। सात वर्ष अगाडि मेरो आमाको यसै दिन मृत्यु भएको थियो।
सन् १९६० मा ओनोको हर जनरसँगको मूर्खतापूर्ण सम्बन्ध थियो। कुनै समय उनी हरर पुस्तक पढेर रातभर सुत्न सक्दिन थिइन्। तीनै ओनो उमेर बढ्दै गएपछि यसैमा आफूलाई समर्पित गर्दै हरर कथाहरू लेख्न सुरु गरेकी हुन्।
सन् १९६० देखि १९७० को बीचमा विफ्रान युद्धका कारण उनको जीवनमा दन्त्य कथाको हरर वातावरणले खासै असर गर्न छाडेको थियो। त्यहाँको जीवन नै हरर फिल्म झैँ थियो। इग्वो जनरलले वियफ्रालाई भिन्न राज्यको रूपमा घोषणा गरेपछि युद्ध चम्किएको थियो। त्यस पछि सेनाको गतिविधिका कारण लाखौँ व्यक्तिको ज्यान गएको थियो।
बाल्यकालमा शरणार्थीको रूपमा धेरै स्थानमा पुगेकी उनले टिनएजमा पढ्नका लागि बेलायतको यात्रा गरेकी थिइन्। उनको अर्को पुस्तक गुस्ट इन द मुन प्रकाशनमा आउँदै छ। यसले लैङ्गिक समानताका बारे उल्लेख गरेको छ। उनको विशेषता के हो भने उनी कुनै शास्त्रीय कुरा मान्ने पक्षमा छैनन्। उनका लागि प्लट आवश्यक छैन। स्रोतः बीबीसी
प्रतिक्रिया