कञ्चनपुरमा जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल « Khabarhub

कञ्चनपुरमा जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उनको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउँदैनन् ।

पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेको उनको गुनासो छ । ‘अचेल दिनहुँ १५-२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ’, महावीर भने, ‘जङ्गल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन ।’ जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् ।

जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो–हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ । ‘हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ’, उनले भने, ‘बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ ।’

दोधारा चाँदनीमा जङ्गली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन् । शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ । विसं २०२२ देखि बसोबास सुरु भएको शिवनगरवासीलाई जङ्गली हात्तीको त्रास छ । ‘सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्’, चन्द्रकला मगर गुनासो गर्छिन्, ‘हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन ।’

हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उनले बताइन्। ‘धान र मकै सखाप पारिसक्यो, एक÷दुई कट्ठाको धान बाँकी छ’, चन्द्रकलाले भनिन्, ‘यो पनि जोगाउन मुस्किल छ ।’

बर्सेनि हात्तीले क्षति पुर्‍याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । हात्तीकै कारण खेत बाँझो हुन थालेको छ ।’बर्सेनि हात्तीले बालीमा क्षति पुर्‍याउँछ, खेती गर्दाको लगानी पनि उठदैन, अन्न किनेर खानुपर्छ’, स्थानीय वीरभान सुनारले भने, ‘हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ ।’

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  १२ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया