कञ्चनपुरमा जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल | Khabarhub Khabarhub

कञ्चनपुरमा जङ्गली हात्तीबाट बाली जोगाउनै मुस्किल


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उनको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउँदैनन् ।

पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्‍याउने गरेको उनको गुनासो छ । ‘अचेल दिनहुँ १५-२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ’, महावीर भने, ‘जङ्गल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन ।’ जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् ।

जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो–हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ । ‘हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ’, उनले भने, ‘बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ ।’

दोधारा चाँदनीमा जङ्गली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन् । शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ । विसं २०२२ देखि बसोबास सुरु भएको शिवनगरवासीलाई जङ्गली हात्तीको त्रास छ । ‘सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्’, चन्द्रकला मगर गुनासो गर्छिन्, ‘हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन ।’

हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उनले बताइन्। ‘धान र मकै सखाप पारिसक्यो, एक÷दुई कट्ठाको धान बाँकी छ’, चन्द्रकलाले भनिन्, ‘यो पनि जोगाउन मुस्किल छ ।’

बर्सेनि हात्तीले क्षति पुर्‍याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । हात्तीकै कारण खेत बाँझो हुन थालेको छ ।’बर्सेनि हात्तीले बालीमा क्षति पुर्‍याउँछ, खेती गर्दाको लगानी पनि उठदैन, अन्न किनेर खानुपर्छ’, स्थानीय वीरभान सुनारले भने, ‘हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले