न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत « Khabarhub

न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ। 

संयुक्त राष्ट्रसंघ (यूएन)को ७८औं साधारण सभालाई सम्बोधन गर्न अमेरिका पुगेका साउदलाई स्थानीय समय अनुसार मंगलबार राति ११:३० मा एयरपोर्ट पुगेर स्वागत गरिएको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा जनसम्पर्क समितिका अध्यक्ष  आनन्द बिष्ट बताए।

मन्त्री साउदलाई स्वागत गर्न संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापा, नेपाल कान्सुलेटका प्रतिनिधि, जनसम्पर्कका पदाधिकारी एवम् नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको बताइएको छ।

महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणका बारेमा  राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुसँग छलफल गरिसकेका छन्। 

 न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  २ : २८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा