काठमाडौँमा राप्रपाको विरोध प्रदर्शन « Khabarhub

काठमाडौँमा राप्रपाको विरोध प्रदर्शन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  गौवंश हत्याको विरोध, भ्रष्टाचारका काण्डको पूर्ण छानविन गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित विरोध प्रदर्शन गरेको छ । 

भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबावका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटकासम्म विरोध  र्‍यालीसहित प्रदर्शन गरेको हो । 

उनीहरूले गौ हत्या बन्द गर, हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियार लगायतका नारा लगाएका थिए । हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ । 

विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगायतका शीर्ष नेताहरू पनि सहभागी भएका थिए । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ३ : ४७ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु