सेयर बजारमा ३९.४८ अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा ३९.४८ अंकको वृद्धि


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ । 

 आज नेप्से सूचक ३९.४८ विन्दुले बढेर २००७.०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

मौद्रिक नीतिपछि निरन्तर घटेको बजार आइबारदेखि सकारात्मक लयमा फर्किन थालेको थियो । तर, २ दिनको वृद्धिपछि मंगलबार फेरि घटेको थियो । बुधबार पुनः बजारले सुधारकै संकेत देखाएको छ । बुधबार बजार बढेपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ । 

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजारको आरालो यात्रामा ब्रेक लाग्ने अपेक्षामा लगानीकर्ता बसेका छन् । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । यसबीचमा पनि नीतिगत सुधार भने हुन सकेको छैन । 

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र एभरेष्ट बैंक परेका छन् । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ३ : ५७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको