लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न महानगरको आग्रह « Khabarhub

लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न महानगरको आग्रह


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहीन पानीको बिक्री-वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक अधिकृत डा. अवधेश झाले विज्ञप्ति जारी गर्दै बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरू कुच्चिएका, फोहोर, टुटे-फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण नराखिएकाले त्यस्तो खरिद नगर्न महानगरले आग्रह गरेको हो।

‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छु, सूचनामा भनिएको छ, ‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानिकारक सूक्ष्म जीवाणु मानव शरीरमा प्रवेश गरी सङ्क्रामक रोग फैलिने जोखिम हुन्छ। यसर्थ सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएका मापदण्ड पूरा गरेरमात्र पानी ढुवानी तथा बिक्री वितरण प्रबन्ध मिलाउन यसैसाथ सूचित गरिन्छ।’ 

उपभोक्ताहरूलाई लेबल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमा उल्लेख भएका विवरण हेरेर शुद्धताको यकिन गरेरमात्र पानी खरिद गर्न महानगरको आग्रह छ।

सूचनामा पानीको उत्पादन, ढुवानी तथा बिक्री वितरणमा त्रुटि देखिए प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : २९ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर