लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न महानगरको आग्रह | Khabarhub Khabarhub

लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्न महानगरको आग्रह


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहीन पानीको बिक्री-वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक अधिकृत डा. अवधेश झाले विज्ञप्ति जारी गर्दै बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरू कुच्चिएका, फोहोर, टुटे-फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण नराखिएकाले त्यस्तो खरिद नगर्न महानगरले आग्रह गरेको हो।

‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छु, सूचनामा भनिएको छ, ‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानिकारक सूक्ष्म जीवाणु मानव शरीरमा प्रवेश गरी सङ्क्रामक रोग फैलिने जोखिम हुन्छ। यसर्थ सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएका मापदण्ड पूरा गरेरमात्र पानी ढुवानी तथा बिक्री वितरण प्रबन्ध मिलाउन यसैसाथ सूचित गरिन्छ।’ 

उपभोक्ताहरूलाई लेबल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमा उल्लेख भएका विवरण हेरेर शुद्धताको यकिन गरेरमात्र पानी खरिद गर्न महानगरको आग्रह छ।

सूचनामा पानीको उत्पादन, ढुवानी तथा बिक्री वितरणमा त्रुटि देखिए प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : २९ बजे

दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौँ– सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न आवश्यक

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा

दलालको जालो नतोडेसम्म मुलुक समृद्धितर्फ अघि बढाउन समस्या : गृहमन्त्री

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र

लिबिया बाढी : त्रिचालीस हजार विस्थापित

डेर्ना- लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस