महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै « Khabarhub

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै


२७ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ। मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो।

३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ। पहाड र मधेशको साहित्यलाई जोड्ने अभियान अन्तर्गत गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा राखिएको कार्यक्रमका संयोजक प्रेम घिमिरेले जानकारी दिए।

सभामा बागमती प्रदेशका सिन्धुली, दोलाखा, रामेछाप र मधेशका ८ जिल्ला गरि ११ जिल्लाका साहित्यकारहरु सहभागी हुनेछन्। सहभागी साहित्यकारले आफ्नो भौगोलिक संस्कृति अनुसार बिबिध भाषाहरुमा आफ्ना रचनाहरु समेत प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ।

पछिल्लो समय साहित्यिक केन्द्रकोरुपमा विकास हुँदै गएको बर्दिवासले रचना प्रकाशनमा समेत केन्द्रिय नेतृत्व गरिरहेको छ।गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानले पनि महोत्तरीलाई साहित्यिक पर्यटनकोरुपमा विकास गर्ने सहायक उदेश्य वोकेको यस्का अभियन्ताहरुले बताए।

बृहत् उदेश्यसहित जन्माउन लागेको उक्त प्रतिष्ठानले साहित्यलाई जिवित राख्न बर्दिवासले केन्द्रिय नेतृत्व गर्ने बताइएको छ। अहिले जिल्ला स्तरिय फरक(फरक बिधाका डेढ दर्जन साहित्यिक संगठन महोत्तरीमा सक्रिय छन्।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको