महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै | Khabarhub Khabarhub

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ। मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो।

३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ। पहाड र मधेशको साहित्यलाई जोड्ने अभियान अन्तर्गत गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा राखिएको कार्यक्रमका संयोजक प्रेम घिमिरेले जानकारी दिए।

सभामा बागमती प्रदेशका सिन्धुली, दोलाखा, रामेछाप र मधेशका ८ जिल्ला गरि ११ जिल्लाका साहित्यकारहरु सहभागी हुनेछन्। सहभागी साहित्यकारले आफ्नो भौगोलिक संस्कृति अनुसार बिबिध भाषाहरुमा आफ्ना रचनाहरु समेत प्रस्तुत गर्ने आयोजक पक्षले जनाएको छ।

पछिल्लो समय साहित्यिक केन्द्रकोरुपमा विकास हुँदै गएको बर्दिवासले रचना प्रकाशनमा समेत केन्द्रिय नेतृत्व गरिरहेको छ।गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानले पनि महोत्तरीलाई साहित्यिक पर्यटनकोरुपमा विकास गर्ने सहायक उदेश्य वोकेको यस्का अभियन्ताहरुले बताए।

बृहत् उदेश्यसहित जन्माउन लागेको उक्त प्रतिष्ठानले साहित्यलाई जिवित राख्न बर्दिवासले केन्द्रिय नेतृत्व गर्ने बताइएको छ। अहिले जिल्ला स्तरिय फरक(फरक बिधाका डेढ दर्जन साहित्यिक संगठन महोत्तरीमा सक्रिय छन्।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : ५५ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको