रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् ।
हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख रामका भाइ लक्ष्मणलाई अर्को नाम ‘गुदाकेश’ भनेर पनि चिनिन्छ। आज हामी यसको कारणबारे बताउने छौँ ।
रामायणमा १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् भनेर व्याख्या गरिएको छ । आफ्नो दाइ राम र भाउजू सीताको रक्षाका लागि उनी २४ सैँ घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।
रामायणमा उल्लेख भए अनुसार वनवासको पहिलो रात राम र सीता सुतिरहेका बेला निन्द्रादेवी लक्ष्मणसामु प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एक पटक पनि नीद नआओस् भनी वरदान मागेका थिए ।
निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजूको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे । निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमी सुत्न चाहन्नौँ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तब मात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’
त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । त्यसपछि उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भएकी थिइन् ।