राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता « Khabarhub

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् । 

घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै तत्कालका लागि आफू कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफू गुज्रिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपूर्ण समय रहेको छ, ‘मैले आफूलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

सर्वोच्चमा विचाराधीन रहेको सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ बारम्बार सर्दै आएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : १८ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित