डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु « Khabarhub

डेङ्गुबाट छ वर्षीय बालकको मृत्यु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । 

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ११ : ४२ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग