तनहुँमा आयुर्वेदप्रति सर्वसाधारणको आकर्षण बढ्दो , १९ हजार लाभान्वित « Khabarhub

तनहुँमा आयुर्वेदप्रति सर्वसाधारणको आकर्षण बढ्दो , १९ हजार लाभान्वित


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । 

एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाँईले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । यस वर्ष सेवा लिनेको सङ्ख्या पाँच हजार सात सय १८ ले बढेको उनले बताए । 

कविराज चापागाईका अनुसार साउन महिनामा एक हजार एक सय एक, भदौमा पाँच सय ९५, असोजमा नौ सय ९९, कात्तिकमा पाँच सय ७९, मङ्सिरमा एक हजार एक सय ६३, पुसमा एक हजार पाँच सय ६७, माघमा एक हजार आठ सय ९३, फागुनमा एक हजार नौ सय ३७, चैतमा एक हजार पाँच सय १३, वैशाखमा दुई हजार छ सय ९८, जेठमा तीन हजार चार सय ३५ र असारमा एक हजार सात सय ३६ जनाले सेवा लिएका छन् । 

जल्लाभरका आयुर्वेद स्वास्थ्य केन्द्र, नागरिक आरोग्य सेवा केन्द्र लगायतबाट सेवा लिनेको सङ्ख्या भने ७० हजार दुई सय ६१ रहेको छ । जामुने आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार सात सय ९८, शिशाघाट  आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार तीन सय सात, केशवटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ, भानु आयुर्वेद स्वास्थ्य केन्द्रबाट तीन हजार एक सय ३८, टुहुरेपसल आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार चार सय ७२, भिमाद आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार चार सय ९७ जनाले सेवा लिएका छन् । 

यसैगरी, खैरेनीटार आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार हजार सात सय ९९, रिस्ती आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार तीन सय ७३, बन्दीपुर आयुर्वेद स्वास्थ्य केन्द्रबाट दुई हजार नौ सय १७, भिरकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार पाँच सय २८ र रूपाकोट आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक हजार नौ सय ७३ ले सेवा लिएको जनाइएको छ ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गरेको नागरिक आरोग्य सेवा केन्द्रबाट चार हजार चार सय ४१ ले सेवा लिएको चापागाँईले जानकारी दिए । 

आयुर्वेंद कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी, एक ल्याब टेक्निसियन कर्मचारी कार्यरत छन् । 

कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । गत वर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्मा सेवा लिएका छन् । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : २१ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले