चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता « Khabarhub

चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ । चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने हुँदा सोही मौका छोपी चोरी–सिकारी सक्रिय हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चोरी सिकारी हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुनविपरीत हुनसक्ने गतिविधि नियन्त्रण गर्न निकुञ्जमा रहेका ६७ वटा सुरक्षा पोष्टमा उच्च सतर्कताका साथ थप सक्रियता बढाउन निर्देशन गरिएको उनले जानकारी दिए।

 सेना र निकुञ्जका पोष्टसँगै निकुञ्ज आसपासमा बसोबास गर्ने समुदायलाई समेत चनाखो हुन आग्रह गरिएको सूचना अधिकारी तिवारीले बताए। उनले भने, ‘वन क्षेत्रमा आपराधिक गतिविधि भएका घटना सबैभन्दा पहिला समुदायमा जानकारी हुने भएकाले चनाखो भएर सहयोग गर्न आग्रह गरेका छौँ ।’

सूचना अधिकारी तिवारीले थपे, ‘चाडपर्वको समयमा निकुञ्ज क्षेत्र आसपासमा शङ्कास्पद व्यक्ति देखिएमा निकुञ्जलाई खबर गरी संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेका छौँ ।’ चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रमा रहेका  उपभोक्ता समूह र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिएको उनले बताए।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ४० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर