चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता | Khabarhub Khabarhub

चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ । चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने हुँदा सोही मौका छोपी चोरी–सिकारी सक्रिय हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चोरी सिकारी हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुनविपरीत हुनसक्ने गतिविधि नियन्त्रण गर्न निकुञ्जमा रहेका ६७ वटा सुरक्षा पोष्टमा उच्च सतर्कताका साथ थप सक्रियता बढाउन निर्देशन गरिएको उनले जानकारी दिए।

 सेना र निकुञ्जका पोष्टसँगै निकुञ्ज आसपासमा बसोबास गर्ने समुदायलाई समेत चनाखो हुन आग्रह गरिएको सूचना अधिकारी तिवारीले बताए। उनले भने, ‘वन क्षेत्रमा आपराधिक गतिविधि भएका घटना सबैभन्दा पहिला समुदायमा जानकारी हुने भएकाले चनाखो भएर सहयोग गर्न आग्रह गरेका छौँ ।’

सूचना अधिकारी तिवारीले थपे, ‘चाडपर्वको समयमा निकुञ्ज क्षेत्र आसपासमा शङ्कास्पद व्यक्ति देखिएमा निकुञ्जलाई खबर गरी संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेका छौँ ।’ चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रमा रहेका  उपभोक्ता समूह र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिएको उनले बताए।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ४० बजे

मोदी र मेलोनीको सेल्फी पुन:  भाइरल

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै

शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालनेलाई तह लगाउन नेताहरूले छलफल गरे

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले बजेटमा धेरै

सम्बन्ध विच्छेदमा अंशको कुरा किन ?

काठमाडौं – पछिल्ला वर्ष नेपालमा सम्बन्ध विच्छेदका घटना बढ्दैछ ।