वडाबाटै मालपोतको राजस्व संकलन गरिँदै | Khabarhub Khabarhub

वडाबाटै मालपोतको राजस्व संकलन गरिँदै


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ । मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए ।

‘थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यापालिकाको कार्यालयमा आउनुपरेको छ’, उनले भने, ‘अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ ।’

रु एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसीले बताए ।

 वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि संकलन गर्ने भएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५३ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले