हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा « Khabarhub

हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री जोशीले यस अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए । मानसिक स्वास्थ्यका कारण आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनको भनाइ थियो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीले हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप भएसँगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए ।

अब महँगो खर्चमा हेटौँडाका निजी मेडिकलमा मानसिक रोग लागेका बिरामीको उपचार गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए ।

“पहिलेदेखि नै वहिरङ्ग सेवा ओपिडीमा आएका मानसिक समस्या भएका बिरामीको उपचार गरिँदै आइएको थियो”, उनले भने, “मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै अब भर्ना गरेर उपचार गर्न सहज हुनेछ ।” प्रसाईँका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइको हो ।

गत असारदेखि अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गरिएकामा अहिले सेवा विस्तार गरी आकस्मिक तथा भर्ना सेवासमेत सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।

वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट रू पाँच लाख खर्च गर्ने योजनाअनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईँले बताए । आगामी आवदेखि अस्पतालमा तीन जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेका मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल