हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा « Khabarhub

हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मन्त्री जोशीले यस अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए । मानसिक स्वास्थ्यका कारण आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उनको भनाइ थियो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीले हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप भएसँगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए ।

अब महँगो खर्चमा हेटौँडाका निजी मेडिकलमा मानसिक रोग लागेका बिरामीको उपचार गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताए ।

“पहिलेदेखि नै वहिरङ्ग सेवा ओपिडीमा आएका मानसिक समस्या भएका बिरामीको उपचार गरिँदै आइएको थियो”, उनले भने, “मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै अब भर्ना गरेर उपचार गर्न सहज हुनेछ ।” प्रसाईँका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइको हो ।

गत असारदेखि अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गरिएकामा अहिले सेवा विस्तार गरी आकस्मिक तथा भर्ना सेवासमेत सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।

वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट रू पाँच लाख खर्च गर्ने योजनाअनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईँले बताए । आगामी आवदेखि अस्पतालमा तीन जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेका मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ३८ बजे

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू

एजेन्सी– युरोपेली सङ्घ (ईयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता