प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने २ सय ५४ जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरिन् ।

सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता  बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे ।

सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिइन् । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न माग गर्दै कालोबजारी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।

सांसद माधव सापकोटाले  खेतबारी बाँझै राख्दा उत्पादन घटेकाले खाद्यान्न उत्पादन वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसदहरु मीना तामाङ, मुक्तकुमारी यादव, रामकुमार राई, रणेन्द्र बराली, रञ्जुकुकमारी झाले चाडपर्वका बेला बजार मूल्य  नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।

सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा हुलाकी सडकको अवस्था दयनीय भएकाले तत्काल उक्त सडकको मर्मतसम्भार थाल्न माग गरे । सांसद रामप्रकाश चौधरीले तराईमधेसका प्रत्येक नगरपालिकामा  चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।

नेपाली काङ्ग्रेसका रामहरि खतिवडाले डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न नभए त्यसले भयावह रुप लिने भएकाले समयमै सचेत भएर नियन्त्रणका काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : १६ बजे

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,