देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक : सांसद गौतम « Khabarhub

देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक : सांसद गौतम


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनाबाट बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आज सांसद गौतमले गठबन्धन सरकारले देशको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे । अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प भएको उनको भनाइ छ ।

सरकारमा काम गर्ने सोच नै नरहेको समेत उनको आरोप छ । ‘खाली झण्डा हल्लाएर मन्त्रीजीहरू गएरमात्र के नै हुन्छ ? अहिले मुलुक एकदमै अप्ठेरोमा अवस्थामा पुगेको छ’ उनले भने ।

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा विचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ३३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल